आज तोलामा २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख ६२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
सोमबार छापावाला सुन तोलाको १ लाख ६५ हजारमा कारोबार भएको थियो । विगत तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय २५ रुपैयाँ छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE