बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालबाट ३२ वटा स्टल रहने

काठमाडौं । चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरुले सहभागिता जनाउने भएको छन् । आईतवार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरु अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका हुन् ।

मेलामा नेपालले ३२ वटा स्टल राख्ने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताइन् । उनले नेपालको तर्फबाट ३२ वटा स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरु चीन प्रस्थान गरेको जानकारी दिइन् । उनले यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरुको गुणस्तर मापन हुनुका साथै बजारीकरणका लागि सहज हुने बताइन् । उनले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताइन् ।

उनले भनिन्, ‘हामी अन्तर्राष्ट्रिय सिस्मे फेयरमा जान लागेका छौँ । यो चीन सरकारले हामीलाई सहयोग स्वरुप उपलब्ध गराइदिनुभएको स्टल हो । हामीले ३२ वटा स्टल लिएर जाँदैछौँ । ३६ जना सहभागी छौँ । नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु लिएर हामी जाँदैछौँ । यस्तो कार्यक्रममा संस्था सहभागी हुँदा सहुलियत दिन आग्रह गर्छु । सामान लैजाँदा र उताबाट स्टक भयो भने त्यसका सहुलियत दिनुपर्छ । त्यसो गर्नाले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान्छ । त्यसले नेपालको शान बढ्छ । यसले नेपाल र चीनको सम्बन्धलाई अझ गाढा बनाउँछ ।’

अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुयाउन सहयोग पुग्ने बताए । मेला कार्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x