बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कथित झाँक्री प्रकाश भुजेलले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु, श्रीमतीको अवस्था चिन्ताजनक

  • 252
  •  
  •  
  •  
  •  
  •  
  •  
    252
    Shares

काठमाडौं । आफूलाई झाँक्री भएको बताउने प्रकाश भुजेलको कारले बुधबार ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार कथित झाँक्री भुजेलले आफैं चलाइरहेको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटनामा गम्भीर घाइते भएका कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको हो ।

मोटरसाइलको पछाडि बसेकी उनकी श्रीमती ३८ वर्षीया सानुमाया नगरकोटीको अवस्था पनि गम्भी रहेको छ । सानुमायाको हाल ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिएपछि भुजेल आफ्नो कार दुर्घटनास्थलमै छोडेर फरार भएका थिए । दुर्घटना हुनासाथ स्थानीयहरुले घटनास्थलमा टायर बाल्ने लगायतका विरोध गरेका थिए भने गम्भीर घाइते नगरकोटी दम्पत्तीलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

स्थानीयहरुको विरोधका बीच प्रहरीले सीसीटिभी फुटेजका आधार भुजेलले दुर्घटना गराएर भाग्दै गरेको पत्ता लगाएको थियो । साँझ भने भुजेलले प्रहरी बृत्त बौद्धमा आत्मसमर्पण गरेका थिए ।

गम्भीर प्रकारका बिरामीहरुको रोग निको पार्ने भन्दै विभिन्न भ्रम छरेर असुलीधन्दा मच्चाएपछि विवादमा आएका झाँक्री बौद्ध क्षेत्रमै बस्दै आएका थिए । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रेस प्रतिनिधि पास लिनेदेखि विभिन्न फण्डाहरुमा संलग्न भएका उनले अस्पतालले निको पार्न नसकेका बिरामीहरुको सफल उपचार गरेको झुटो दाबी गर्दै रकम असुल्ने गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x