मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रुपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमुलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए । मन्त्री सिंहले उत्पादनको क्षेत्रले नेपालको जिडीपीमा पुर्याएको योगदानमा कमी आइरहेको बताए । उनले उत्पादन क्षेत्रले जिडीपीमा पु¥याएको योगदानमा वृद्धि गर्न उत्पादनमुलक उद्योगहरुमा जोड दिनुपर्ने बताए । उनले ऊर्जा उत्पादनमा लागेर उत्पादनमुलक क्षेत्रमा आवश्यक विद्युत सप्लाई गर्नुसक्नुपर्ने बताए ।
उनले विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा नेपालमा बनेका सामान राखेर गर्नसके राम्रो परिणाम दिने बताए । उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको बताए । उनले सरकारले अर्थतन्त्र सुधारको लागि गरिरहेको कामको परिणाम केही समयमा देखिने बताए ।
उनले भने,‘नेपालमा सबैले उत्पादनको क्षेत्रमा जोड दिनुपर्छ । उत्पादनको क्षेत्रले नेपालको जिडीपी पु¥याएको योगदानमा कमी आइरहेको छ । त्यसलाई स्तरवृद्धि गर्नको लागि उत्पादनमुलक उद्योगहरुमा जोड दिनुपर्छ । मानिसहरु स्वास्थ भए मात्रै हिँड्डुल गर्नसक्छौं । ऊर्जा उत्पादनमा लागेर उत्पादनमुलक क्षेत्रमा आवश्यक विद्युत सप्लाई गर्न सक्नुपर्छ । विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा मेड इन नेपाल नेपालमा बनेका सामान राखेर गर्न सकियो भने राम्रो परिणाम दिनेछ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको छ । त्यसको परिणाम सबैले केही समयमा आउँछ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE