आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौं । हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको तराई भू–भागका केही स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
आज राति कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE