आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कायम थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE