कीर्तिपुर नगर प्रमुखका लागि उम्मेदवारी दर्ता (तस्बिरहरु)

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ । आईतवार कीर्तिपुर महानगरपालिका प्रमुख र वडा नम्बर ४ को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाबाट मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दिएका छन् । जसपा नेपालबाट मेयरमा तेस्रो लिंगी दीपक महर्जनले उम्मेदवार दिएका छन् । अन्य उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE