स्व. ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराउनु भयोः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व। दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराएको बताएका छन् । सोमवार सानो गौचरणमा स्व. ढुगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले नेपाली काँग्रेसबाट सभामुख बन्नुभएको र निष्पक्ष रुपमा काम गरेको बताए । उनले पार्टीलाई अफ्ठ्यारो बनाउनुभएको महशुस त्यो बेलाम गरेपनि अहिले आएर होइन भन्नेकुरा भान भएको बताए ।
उनले भने, ‘दमननाथजी वास्तवमै राम्रो मान्छे हो । उहाँले डेथ भयो । हाम्रो पार्टीबाट सभामुखमा छिर्नुभएको हो । उहाँले निष्पक्ष रुपमा काम गर्नुभयो । पार्टीलाई त वास्तवमा अफ्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो । तर थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो । प्रतिपक्षको सदन र सरकार बहुमतको भन्नेकुरा उहाँले स्थापित गराउनु भयो । उहाँ नेपालमा सरकार बहुमतको, विपक्षीको संसद भन्नेकुरा स्थापित गराउन सफल हुनुभयो । हाम्रो पार्टीलाई अफ्ठ्यारो पार्नुभयो भन्ने महशुस गरेका थियौँ, तर वास्तवमा त्यो होइन रहेछ ।’
सभापति देउवाले देशले एउटा इमान्दार र ठूलो व्यक्ति गुमाएको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE