शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चिकित्सकहरुमाथि हुने कुनैपनि प्रकारको दुव्र्यवहार सैह्य नहुने चेतावनी दिएका छन् । द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरुमाथि दुव्र्यवहारका घटना भएको दृष्टान्त पेश गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिए । उनले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गरे । चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

उनले भने, ‘कहिलेकहीँ स्वास्थ्य क्षेत्रमा पनि अभद्र व्यवहारहरु भइराखेका छन् । गत वर्ष पनि हाम्रो मणिपाल कलेजमा डाक्टरहरुमाथि गरिएको जुन दुव्र्यवहार थियो । त्यसलाई हामीले निक्र्यौलमा पुर्‍याउन सक्यौ । त्यो खुशीको कुरा पनि हो । मेडिकल एशोसिएशनले त्यसमा विशेष पहल पनि गरेको थियो । चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन् । भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरुले मर्नुपर्ने थिएन होला नि । यस्ता किसिमका अभद्र व्यवहारहरु जुन भइरहेका छन् । त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन । र सबै डाक्टरहरुलाई आफ्नो पेशामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । र यहाँहरुको त्यो समस्याका लागि गण्डकी प्रदेश सरकार यहाँहरुको साथमा रहनेछ भन्नेकुरा म यहाँहरुको बीचमा विश्वास व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पु¥याउनका लागि सक्दो पहल गरिरहेको पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x