३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य तोलामा एक हजार सात सयले बढ्यो

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाल सुन तोलामा १ हजार ७०० रुपैयाँ बढेर १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।