काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मौसम सम्बन्धि कुनै पनि प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार यतिबेला देशभरको मौसम मुख्यतया सफा रहेको छ ।
तर, बिहानको समयमा भने तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेको छ ।
त्यसैगरी आज राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।