३० आश्विन २०८३, शुक्रबार

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । दुई दिन लगातार बढेको सुनको मूल्य कारोबार साताको अन्तिम दिन शुक्रबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर १ लाख ५० हजार एकसय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठसय ८० रुपैयाँ थियो ।