आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । दुई दिन लगातार बढेको सुनको मूल्य कारोबार साताको अन्तिम दिन शुक्रबार भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर १ लाख ५० हजार एकसय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठसय ८० रुपैयाँ थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE