बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

इराक—इरान—सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गरेका छन् ।

भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर अवस्थाको प्रभावबारे चासो साझा गरेको बताएको छ । विज्ञप्तिमा सबै प्रकारका आतंकवादका साथै सिरिया, गाजा र लेबनानमा जारी इजरायली आक्रमणको निन्दा गरिएको छ ।

यसले सिरियाको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताको सम्मानमा पनि जोड दिएको छ । बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा हुसेनले सिरियाको सुरक्षा क्षेत्रको सुरक्षासँग जोडिएको बताउँदै मन्त्रीस्तरमा अरब लिगको तत्काल बैठक बोलाउने र त्यसमा पुग्न सबै कुटनीतिक माध्यम प्रयोग गर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x