आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो ।
चाँदी पनि आज २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE