आईएमएस कलेजमा सफल च्यालेन्ज ब्रीफिङ सत्र आयोजना

काठमाडौं । आईएमएस कलेजमा हालै एक सफल च्यालेन्ज ब्रीफिङ सत्र आयोजना गरिएको थियो । जसले विद्यार्थीहरूलाई हल्ट प्राइजको यात्रामा सहभागी हुन प्रेरित गरेको बताइएको छ । यो कार्यक्रम अनुस्का फुलजेल (कन्टेन्ट क्रियटर) र श्रीमा ज्ञवाली (मिडिया कोअर्डिनेटर) द्वारा सञ्चालन गरिएको थियो। कार्यक्रमको सुरुवातमा सुबी काफ्ले (नेसनल कोअर्डिनेटर) र गरिमा श्रेष्ठ (नेसनल कम्युनिटी लिडर)ले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।
सुबी काफ्लेले सत्रको सुरुवात गर्दै हल्ट प्राइजको बारेमा जानकारी दिएकी थिइन् भने आगामी कार्यक्रमहरूको रोडम्यापको बारेमासमेत जानकारी गराएकी थिइन् । उनले केही व्यवसायहरूको उदाहरण प्रस्तुत गरिन् जसले समाजमा सकारात्मक प्रभाव पारेका छन्, र कसरी विचारहरू वास्तविक समाधानमा परिणत हुन सक्छ भन्ने कुरा स्पष्ट पारिन् ।
उनले विद्यार्थीलाई आफ्नो उद्देश्य के हो र कुन प्रकारका व्यवसायिक विचारहरू उत्पन्न गर्न सकिन्छ भन्ने बारे सोच्न प्रेरित गरिन् । साथै, व्यवसायिक विचारहरूलाई दिगो विकास लक्ष्य सँग जोड्नुपर्ने महत्त्व पनि झल्काएकी थिइन् ।
उनले हल्ट प्राइजको मिसन र यसले संसारलाई कसरी परिवर्तन गर्दैछ भन्ने बारे पनि जानकारी दिइन्। साथै, उनले प्रतियोगिताका विभिन्न चरणहरू परिचय गराउँदै विद्यार्थीलाई यस प्रक्रियामा मार्गदर्शन गरिन् । त्यसपछि गरिमा श्रेष्ठले हल्ट प्राइज समिटसम्मको आफ्ना व्यक्तिगत यात्राबारे धारणा सार्वजनिक गरिन्, जसले उपस्थित दर्शकलाई उत्साहित गरेको थिया् । उनले समिटको झलक प्रस्तुत गर्दै प्रतियोगितामा सहभागी हुन र विश्व स्तरमा प्रतिस्पर्धा गर्न प्रेरित गरिन्।
त्यसपछि आर्यन महर्जनले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूलाई अन–क्याम्पसमा सहभागी हुन आव्हान गरे । कार्यक्रमलाई अझ रमाइलो र सहभागितापूर्ण बनाउन उपस्थितिहरूबाट प्रतिक्रिया संकलन गरिएको थियो, जसले भविष्यका कार्यक्रमलाई अझ इंटरेक्टिभ र प्रभावकारी बनाउने मद्दत पुर्याउने लक्ष्य राखिएको थियो ।
आईएमएस कलेजमा हल्टको अन–क्याम्पस यात्राको लागि फारम खुलिसकेको छ भने यो सत्रमा धेरैले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेका छन् । कुल मिलाएर, यस कार्यक्रमले आईएमएस कलेजका विद्यार्थीलाई हल्ट प्राइजको यात्रामा सामेल हुन प्रेरित गर्ने तथा उज्जवल र प्रभावशाली भविष्यको लागि आधार तयार गर्ने विश्वास उनीहरुको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE