३० आश्विन २०८३, शुक्रबार

आजको मौसम, तराईमा हुस्सु र कुहिरो लाग्ने

0
Shares


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यतिबेला कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोसी प्रदेशमा आंशिक बदली रहने छ । आज राति पनि कोसी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भोलि (बिहीबार) पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी आगामी शुक्रबार कर्णाली र शुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ ।