अमर ज्योति माविमा दश लाखको अक्षयकोष स्थापना

काठमाडौँ । काठमाडौँ जिल्ला स्यूचाटार निवासी राष्ट्रसेवक कर्मचारी, समाजसेवी विदुर के.सी., मेनुका के.सी, डा. प्रज्ञा चालिसे खत्री, छोरी बिज्ञश्री खत्री र अलभ्य बिक्रम खत्रीद्वारा अमर ज्योति माध्यमिक विद्यालय नागार्जुन १०, स्यूचाटारमा रु दश लाखको “डा. विवेक विक्रम खत्री स्मृति पुरस्कार” अक्षयकोष स्थापना भएको छ । समाजसेवी विदुर के.सी. परिवारले दिवंगत आफ्ना छोरा डा. विवेक विक्रम खत्रीको चीर काल पर्यन्त सम्म चिरस्मरण रहिरहोस् भन्ने हेतुले अमर ज्योति मा.वि. मा अध्ययनरत जेहेन्दार छात्र–छात्राहरुलाई उक्त पुरस्कारको व्यवस्था गर्न अक्षयकोषको स्थापना गरेका हुन् ।
उक्त अक्षयकोषको व्याजबाट विद्यालयको बार्षिकोत्सव समारोहमा वितरण गर्ने गरी नगद तथा ट्रफी सहित क्भ्भ् उत्तीर्ण प्रथम छात्र–छात्राहरुलाई रु २० हजारका दरले २ जनालाई, कक्षा ९ बाट प्रथम हुने छात्र–छात्राहरुलाई रु १५ हजारका दरले २ जनालाई, कक्षा ८ बाट प्रथम छात्र–छात्राहरुलाई रु १० हजारका दरले २ जनालाई र कक्षा १ देखि कक्षा ७ सम्मका प्रथम हुने छात्र –छात्राहरुमध्ये १ जनालाई १ हजारका दरले वितरण गरिने छ ।
सो रकम हस्तान्तरण स्व. डा. विवेक विक्रम खत्रीको पत्नी डा. प्रज्ञा चालिसेले विद्यालयका प्र. अ. सुन्दर पन्तको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष श्री राम कृष्ण भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE