बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रविलाई थप चार दिन थुन्न अदालतको अनुमति

काठमाडौं । सहकारीको रकम दुरुपयोगको अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । त्यसलाई अदालतले सदर गरेको अदालका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

कास्की प्रहरीले सोमबार अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मंगलबार लामिछानेलाई अभियोग पत्र दायर गरुन्जेल हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

न्यायाधीश हिमलाल बेलबासेको इजलासमा छोटो बहसपछि सरकारी वकिलको माग अनुसार ४ दिन हिरासतमा राख्न अनुमति दिइएको हो । अब ४ दिनभित्रमा लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्नै पर्ने वाध्यता छ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न बढिमा ९० दिन अनुमति पाउँछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x