बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज यो वर्षकै सबैभन्दा बढी चिसो, कस्तो हुनेछ आजको मौसम ?

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोसी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोसी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना विभागले जनाएको छ ।

बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

यसैबीच, काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजे काठमाडौंमा न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x