बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाली मौलिक गीतका सशक्त गायक मौसम गुरुङले हङकङ तताउने

  • 224
  •  
  •  
  •  
  •  
  •  
  •  
    224
    Shares

काठमाडौं । मौलिक लोक तथा दोहोरी गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल गायक तथा सर्जक मौसम गुरुङ्गको सांगीतिक उचाई दिनप्रतिदिन उच्च हुँदै गैरहेको छ । उनले हालसम्म सयौं गीतहरु बजारमा ल्याइसकेका छन् । बजारमा आएका प्राय सबै गीतहरु सफल भएका गायक तथा सर्जक गुरुङ्गको स्थायी घर गोरखा हो । उनी हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा शसक्तता दिंदै आइरहेका छन् ।

गुरुङ्गले, गुरुङ्ग होम्स नामक एक व्यवसाय पनि संचालन गर्दै आइरहेका छन् । यहि आउँदो २०२५ जनवरी १ तारिकका लागि अहिले उनि, हङकङको ताईतोगं कन्ट्रीपार्क हुने ‘तमु ल्होछार’ नामकरण गरिएको एक बृहत सांगीतिक कार्यक्रममा जाने तयारी गरिरहेका छन् ।

देशका विभिन्न स्थानहरुमा हुने कार्यक्रममा सहभागिता जनाएपनि उनि बिदेशको कार्यक्रममा भने पहिले पटक पुग्ने भएका हुन् । आफ्नो घरायसी कारणले बिदेशमा हुने कार्यक्रममा भने सहभागिता जनाउंन पाएका थिनन् । गुरुङ्गले यसरी आफ्नो कलालाई सम्मान गरेर निमन्त्रणा गरेकोमा आयोजक संस्था ल्होसार मा प्ये ल्हु संघ हङकङलाई मन खोलेर आभार प्रकट गरेका छन् ।

उनले ‘तमु ल्होसार’ कार्यक्रममा आफ्नो पनि सांगीतिक प्रस्तुति हुने भएकोले सम्पूर्ण हङकङ बासी नेपालीहरुमा उपस्थित भैदिनुहुन अनुरोध गरेका छन् । कार्यक्रमको समय बिहान १० बजे देखी बेलुका १० बजे सम्म हुने पनि गायक तथा सर्जक मौसम गुरुङ्गले बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x