बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका छन् । शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका हुन् ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने बताए । उनले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निरास हुने अवस्था नरहेको बताए । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने बताए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एशियाको सपना हुने दाबी गरे । उनले निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिन नहुने उल्लेख गरे । उनले सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्नेमा जोड दिए। उनले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताए ।

उनले भने,‘ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मुख्य हो । यसका साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन । यी सपना र आशाका सञ्चार गर्दै जानुपर्छ । छोटो काल खण्डमा दुईवटा विमानस्थल चलेनन भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालले बेकेको सपना छ । नेपालको यो सपना साकार बनायौं भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुन्छ । निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिनु हुँदैन । हामीले आशा सञ्चार गरिरहनुपर्छ । हामीले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेका छौ । हामीले अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्छ । हामीसँग त्यो सम्भवाना छ । होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जाँदैन भन्ने कुरा हुन सक्दैन । जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन हामीले ल्याउनुपर्छ ।’

उनले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको बताए । उनले त्यसको लागि सरकारले कुटनीतिक रुपमा पहल गर्न आवश्यक रहेको उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x