जनकपुरमा बेलायती राजदुत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए

काठमाडौं । नेपालका लागि बेलायती राजदुत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन् । मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन् ।
त्रेतायुगमा भगवान रामजानकीले जनकपुरमै विवाह गरेकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको बताए । फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले शौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएका छन् ।
बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुल्हा,दुल्हनझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरुले जानकी मन्दिरमा दर्शन पनि गरे । फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाए । उनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए ।
जनकपुरधाममा आफ्नो २२ औं वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरुमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महशुस भएको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE