बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अहिलेको सरकार स्थायित्व, सुशासन र विकासका लागि बनेको होः शेखर कोईराला

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् ।आईतवार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोईरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन् ।

उनले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताए । नेता कोईरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता काँग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए । उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताए ।

उनले भने, ‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । ०८४ को निर्वाचनका लागि हामी अघि बढेका छौँ । अलिकति तपाईंहरुलाई अचम्म पनि लाग्छ, यो के गरेको दुई वटा ठूला दल मिलेर सरकार बनाएका छन् भनेर ? तर नेपालको इतिहास हेर्नुभयो भने ०४६ सालको जनआन्दोलनपछि किसुनजी प्राइममिनिस्टर हुनुभयो । त्यसमा एमालेका साथीहरु पनि हुनुहुन्थ्यो । त्यसपछि पनि ०५६ को आम निर्वाचन हुनुभन्दा पहिला नेपाली काँग्रेसको गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुनुभयो । नेपाली काँग्रेस र एमाले मिलेर हामीले चुनाव पनि गराएका थियौँ । अहिले जसरी सरकार दुई, दुई महिना, तीन, तीन महिनामा परिवर्तन भइरहेको देखिरहनुभएको छ । तपाईंहरुलाई दिक्क लागिसकेको थियो । राजनीतिक स्थायित्वका निम्ति हामीले यो नेपाली काँग्रेस र एमालेको गठबन्धन गरेर चुनावमा हामी जाने भन्ने हो । केका लागि राजनीतिक स्थायित्व भन्दा पटक पटक सरकार बदलिने र यसले विकासका कामहरु भइरहेको छैन । सुशासनका कुराहरु पनि भइरहेका छैनन् । भ्रष्टाचारका कुराहरु पनि हामीले नियन्त्रण गर्न सकिरहेका छैन । सँगसँगै संविधानमा केही सुधारहरु ल्याउनुपर्छ भन्ने कुराहरु नेपाली काँग्रेस र एमालेमा भयो । त्यही तहत हामी सरकारमा गएको । नेपाली काँग्रेस र नेकपा एमालेको सरकार छ । अहिले एमालेको नेतृत्वमा छ, अब डेढ वर्ष बाँकी छ । डेढ वर्षपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार आउँछ । चुनावमा हामी होमिन्छौँ । यो हप्तादेखि नेपाली काँग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ । नेपाली काँग्रेस र एमाले मात्रै मिलेर सोच्यौँ भने त्यो फेरि गलत बाटोतिर हामी जान थाल्छौँ ।’

नेता कोईरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताए । अहिलेको सरकार असफल भए देश अराजकतातिर जाने बताए । देश अराजकतातिर जान नदिन सबै गम्भीर रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x