आज तोलामा ५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य तोलामा ५०० ले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE