३० आश्विन २०८३, शुक्रबार

आज तोलामा ५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य तोलामा ५०० ले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।