आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपालमा आज पाि सुनको मूल्य बढेको छ । केही दिन निरन्तर ओरालो लागेर बुधबार र बिहीबार बढेको सुनको मूल्य आज शुक्रबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई हजारले बढेर प्रतितोलो १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार र बिहीबार दुई दिनमा प्रतितोला १ हजार ९०० बढेको सुनको मूल्य आज एकै दिन तोलामा २ हजारले बढेको महासंघले उल्लेख गरेको हो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE