बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको मौसम, कहाँ कस्तो हुनेछ अवस्था ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार राति भने हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहनेछ ।

आज गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशभरका बाँकी भूभागको मौसम भने सफा रहेको विभागको पूर्वानुमान छ ।

आज बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेकाले दैनिक जनजीवनमा समस्या आउन सक्ने भन्दै विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

साथै, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x