रहेनन् पत्रकार श्यामसुन्दर, ३३ वर्षको उमेरमा निधन

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नेपाल भ्यूज डटकम नामक अनलाइन पोर्टलको उपसम्पादक रहेका पुडासैनीको गएराति १० बजेतिर निधन भएको पारिवारिक श्रोतले जानकारी दिइको हो ।
प्राप्त जानकारी अनुसार पुडासैनी आफ्नो कार्यालयको नियमित काम सकेर कपनस्थित निवासमा गएका थिए । कोठामा अचानक बेहोस् भएर ढलेपछि उनलाई चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
नुवाकोटका उनले हिमालय टाइम्स,माउण्टेन टेलिभिजन, प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए । उनी ३३ वर्षका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE