बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकी डलरको मुल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । आज अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मुल्य स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, डेनिस क्रोनर, ओमनी रियालको मुल्य बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको मुल्य भने घटेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ १० पैसा, बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x