भूकम्प अपडेटः तिब्बतमा ३६ जनाको मृत्यु
काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ । त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएअनुसार आज बिहानै गएको भूकम्पमा परेर ३६ जनाको मृत्यु भएको हो ।
उक्त धक्का ६.८ म्याग्निच्युडको भएको सीजीटीएनले जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर नेपाली समय अनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE