बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छः अध्यक्ष ढकाल

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताएका छन् । शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरु बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताए । उनले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गरे । निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरु बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताए । उनले अहिले व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताए । उनले सरकारको नीतिको कारण अफ्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सहजिकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताए ।

उनले भने,‘ सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावहरु सरकारले सुनेन । त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने सोचियो । त्यो दृष्टिकोणले हेरेर निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समय नीतिहरु बन्न सकेन । त्यसले मुलुकको अर्थतन्त्र खुम्चिएर गयो । बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता छ । तर व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था छैन । हरेक दिन पत्रिकामा व्यवसायीहरु कालोसूचीमा पर्ने गरेका छन् । सरकारको नीतिको कारण अफ्ठ्यारा छन् । सरकारले अहिले भइरहेको अर्थतन्त्रको प्रणाली नबिग्रने गरी नितिहरुमा सहजिकरण गर्नसक्यो भने मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकिन्छ । अन्यथा हजारौं मानिसहरुलाई रोजगारी दिने उद्योग प्रतिष्ठानहरु बैंकको ऋणबाट बाहिर निस्कने गरी राज्यको नीतिमा सहजिकरण गर्नुपर्छ ।’

उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातारण नभएको बताए । उनले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x