बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी हो, तत्काल चलेन भनेर पछुताउनु पर्दैनः संयोजक खनाल

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

काठमाडौं । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका संयोजक रामेश्वर खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालिन लगानी भएकाले पछुताउनुपर्ने अवस्था नभएको बताएका छन् । शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पोखरा विमानस्थलमा दीर्घकालिन लगानी भएकाले तत्काल चलेन भनेर पछुताउनुपर्ने अवस्था नभएको उल्लेख गरे । उनले १३ वर्षको अवधिमा सबै ऋण तिर्न नसकेको पनि विमानस्थल बिस्तारै चल्दै जाने विश्वास रहेको बताए । उनले पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको पनि आन्तरिक यात्रुको चाप राम्रो रहेको बताए ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भारतसँग नयाँ हवाई रुटमा सहमति गर्नसके चाँडै चल्ने बताए । उनले सरकारले भारतसँग पहल गर्न नसकेको कारण नयाँ रुटमा सहमति हुन नसकेको बताए । उनले सरकारले राजनीतिक शक्ति प्रयोग गरेर भारत सरकारसँग पहल गर्न नसक्नुका कारण पोखरा विमानस्थल चल्नमा ढिलाई भएको बताए ।

उनले भने,‘पोखरा विमानस्थल सञ्चालन गर्न नसक्नुमा नेपाल सरकारकै कमजोरी छ । सरकारले राजनीतिक शक्ति प्रयोग गरेर भारत सरकारसँग जुन किसिमले पहल गर्नुपर्ने थियो त्यो गर्न सकेन । भारत सरकारले प्राविधिक स्तरमा नेपाललाई सिमरा प्रवेश बिन्दु बाहेक सुदूरपश्चिम क्षेत्रबाट दिने भनेर प्राविधिक दस्तावेजमा भइसकेको हो । वीरेन्द्रबहादुर देउजा हुनुहुन्थ्यो । प्रवेश बिन्दुका विषयमा भारत सरकारसँग अहिलेसम्म सहमति गर्न सकेका छैनौं । त्यो नगरेको कारण अन्तर्राष्ट्रिय उडानको लागि पोखरा विमानस्थलयोग्य भएको छैन । रुटको समस्या हल गर्नसके उडान हुन्छ । चीनबाट उडानको लागि पनि चिन सरकारसँग छलफल गर्न जरुरी छ । त्यो गरियो भने पोखरा विमानस्थलले १३ वर्षको अवधिमा ऋण चुक्ता गर्न सक्दैन । ५० वर्षपछि पूर्णरुपमा रिकभर गर्दा पनि १५ वर्षमा सकिने आयोजना होइन । दीर्घकालिन लगानी भएकाले पछुताउनु पर्ने अवस्था छैन ।’

उनले भारत सरकारले प्राविधिक स्तरमा नेपाललाई सिमरा प्रवेश बिन्दु बाहेक सुदूरपश्चिम क्षेत्रबाट दिने भनेर प्राविधिक दस्तावेजमा भइसके पनि अहिलेसम्म प्रवेश बिन्दुका विषयमा भारत सरकारसँग सहमति गर्न नसकेको बताए । उनले रुटका विषयमा सहमति नहुँदा अन्तर्राष्ट्रिय उडानको लागि पोखरा विमानस्थलयोग्य नभएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x