आजको मौसम, कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौं । देशका केही भागमा बिहीबार वर्षा र हिमपातको सम्भावना छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको छ । त्यसैका कारण बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको हो । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुने भए पनि पूर्वतर्फ यो प्रणालीले प्रभाव पार्ने छैन । काठमाडौंमा अहिले मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना छैन ।
रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहे पनि शुक्रबार बिहान यो प्रणाली हटिसकेर मौमस सफा हुने महाशाखाले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE