बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

खप्तड र रारामा पर्यटक प्रहरी इकाइ स्थापना गरिँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तरगत रहेको पर्यटन विभागले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा प्रर्यटक प्रहरी इकाई स्थापना गर्ने भएको छ ।

हाल ५ वटा प्रदेशमा पर्यटन प्रहरीको युनिट रहेको भए पनि सुदूरपश्चिम र कर्णालीमा भने त्यसको स्थापना भएको थिएन् । मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमको खप्तड र कर्णालीको रारा पर्यटक इकाइ गठन गर्ने निर्णय गरि कार्यान्वयनको प्रक्रियामा रहेको पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीले जानकारी दिए ।

खप्तडमा र रारामा पर्यटक प्रहरीको युनिट स्थापना गरिएसँगै त्यहाँ आवत जावत गर्ने पर्यटकहरुलाई सहजता हुने अनुमान गरिएको छ । पर्यटक प्रहरीले विभिन्न राष्ट्रहरुबाट आउने विदेशी पर्यटकहरुको शान्ति सुरक्षाका साथै उनीहरुलाई सहजीकरण गर्ने काम गर्दै आइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x