लिम्यिाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
आईतवार दिउँसो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता÷कार्यकर्ताहरु रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले एमसिसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत—चीनबीच भएको दुई पक्षिय सहमति तथा संस्थागत भ्रष्टाचारको बिरुद्ध बिरोध र्याली निकालेका हुन् ।
उनीहरुले र्यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE