बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एकले अर्कोलाई निषेध गर्नुभन्दा सहमतिकै आधारमा संविधान संशोधन गर्नुपर्छः महासचिव गुरुङ

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं । नेकपा माओावदी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सहमतिको आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्ययन प्राधिकरणको छैटौं केन्द्रीय अधिबेशनमा महासचिव गुरुङले एकले अर्कोलाई निषेध गर्नुभन्दा सहमतिकै आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । उनले संसद, सडक र सरकारमा रहेका दलहरुबीच नै आपसी समझदारी गरेर सबैलाई सर्वस्वीकार्य हुने गरी दलहरु अघि बढ्नुपर्ने सुझाव दिए ।

महासचिव गुरुङले पछिल्लो समय संघीयता, धर्मनिरपेक्ष र समानुपातिक प्रणालीलाई बद्नाम गर्ने गरी क्रियाकलाप भइरहेको आरोप लगाए । संविधानमा भए गरेका कमजोरी पहिल्याएर सुधार गर्नुपर्ने तर, अराजकता फैलिन नदिन समेत हुनुपर्ने महासचिव गुरुङको भनाई थियो ।

महासचिव गुरुङले सरकारले हवाई यातायात आफ्नो मातहतमा राखेर सञ्चालन गर्नुपर्ने बताए । बहुराष्ट्रिय कम्पनीहरुलाई सुम्पिने हो भने देशको राष्ट्रियता र सार्वभौमिता बचाउन कठिन गर्ने उनको दाबी थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x