आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो ।
मंगलबार १ लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार १ हजार ८७५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE