३० आश्विन २०८३, शुक्रबार

अखिल क्रान्तिकारीको खुल्ला सचिव पदमा रिजालले गरे उम्मेद्वारी दर्ता

0
Shares


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संस्था अखिल (क्रान्तिकारी) पशुपति क्याम्पस कमिटीका पूर्व अध्यक्ष तथा निवर्तमान केन्द्रीय समिति सदस्य कृष्ण प्रसाद रिजालले २३ औं राष्ट्रिय सम्मेलनको नेतृत्व छ्नोट प्रक्रियामा खुल्ला सचिव पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

लामो समय देखि विद्यार्थीको हक हितको लागि आवाज उठाउँदै आएका रिजालले आफु केहि गर्न सक्छु भन्ने उदेश्यका साथ सचिव पदमा उम्मेद्वारी दर्ता गराएको जानकारी दिएका हुन् । उनले इतिहासको निरन्तरता र वर्तमान समयको आवश्यकता लाई मध्य नजर गर्दै उम्मेदवारी दिएको बताए ।

उनले संगठनको गरिमालाई उच्च बनाइ निरन्तर विद्यार्थी आन्दोलन, राष्ट्रियता, जनजिविका, अन्याय अत्याचार, सामाजिक विभेद लगायत सम्पुर्ण सामाजिक सरोकारको विषयमा संगठनको सिपाही भएर खरो रुपमा उत्रने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले यहि १२ गते हुने निर्वाचनमा अग्रज, प्रतिनिधि, सम्पुर्ण कमरेडहरुको सल्लाह, सुझाव सहित अमुल्य मत को अपेक्षा गरेका छन् ।