बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संसदको माघ महिनाको कार्यतालिका तयार, मंगलवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । माघ १८ गतेबाट शुरु हुने संसदको माघ महिनाको कार्यतालिका तयार भएको छ । सोमवार सिंहदरबारमा बसेको सभामुख र राजनीतिक दलहरुका प्रमुख सचेतकरसचेतकहरुको बैठकले कार्यतालिका तयार पारेको हो । जसअन्तर्गत १८ गतेपछि २२, २३ र २४ गते संसदको बैठक बोलाइने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनकाअनुसार २५, २६ र २७ संसदीय समितिको बैठक बस्नेछ । त्यस्तै २८, २९ र ३० गते पुनः संसदको बैठक बस्नेछ । संसद सुचारु हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका नेताहरुले संसदमा सम्बोधन गर्नेगरी तालिका बनाइ समय निर्धारण गरिएको बताए । त्यस्तै संसदको पहिलो दिन नै अध्यादेशहरु सबै पेश हुने जानकारी दिए ।

उनले भने, ‘भोलि ११ बजे कार्य व्यवस्था समितिको बैठक बोलायौँ । यो महिनाको ३० गतेसम्म पाल्र्यामेण्ट चलाउँछौँ । १८ गतेबाट शुरु हुन्छ । २२,२३ र २४ गते हाउस बोलाउँछौँ । १८ गतेको बैठकमा अध्यादेशहरु सबै पेश हुन्छ । २५,२६ र २७ संसदीय समितिकोहरुको बैठक हुन्छ । २८,२९ र ३० गते पुनः संसद बस्छ । प्रधानमन्त्रीज्युले सम्बोधन गर्ने कार्यक्रम छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सभामुख देवराज घिमिरेले १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा छलफल गरेको बताए । उनले संसद सुचारु गर्नका लागि माघ महिनाको कार्यतालिकाका बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘सम्माननीय सभामुखज्युले सम्पूर्ण दलका प्रमुख सचेतकहरुलाई बोलाउनुभएको थियो । सबै प्रमुख सचेतकहरु त आउन सक्नुभएन । तर जति हामी उपस्थित थियौँ । त्यसमा १८ गतेदेखि शुरु हुने संसद अधिवेशनलाई सञ्चालन गर्ने कार्यतालिकाको विषयमा गहन रुपमा छलफल भयो । १८ गते शुरुवात हुने संसदमा कसरी समय विभाजन गर्ने, कसले धारणा राख्ने, यो महिनासम्मको लागि क्यालेण्डर तयार गरेर सचिवालयले ल्याएको थियो । त्यसमा छलफल भयो ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चलन गर्नेगरी कार्यतालिका बनाइएको बताए । उनले सरकार सदनप्रति उत्तरदायी नभएको महशुस आफूहरुले गरिरहेको बताए ।

उनले भने, ‘एक हप्तामा तीन दिन सभा चलाउने र तीन दिन समितिका कामहरु गर्ने गरेर नै विषयवस्तु लैजाने कुराकानी भएको छ । सरकार संसदप्रति उत्तरदायी छैन भन्नेकुरा देखियो ।’

प्रमुख सचेतक पाण्डेले सरकारले संसदलाई आफूसँग जोड्ने गरी जानुपर्ने बताए । त्यस्तै सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलवार बिहान ११ बजेका लागि बोलाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x