सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो ।
आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार एक हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE