बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौं महानगरपालिकाले मनायो शहीद दिवस (फोटो फिचर)

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । माघ १६ गते हरेक वर्ष शहीदहरुको समरणमा शहीद दिवसमनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ ।

सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन् । उनले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘शहीदहरुले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा शहीदहरुको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भुमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’

माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x