बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सांसद पद निलम्वन गर्ने निर्णयमा पुनरावलोकनको माग गर्दै रास्वपा सभापति लामिछानेले बुझाए सभामुखसमक्ष निवेदन

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन पुनरावलोकन गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाएका छन् । शुक्रवारसिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गएर सांसद पद निलम्वनको निर्णय कानूनसम्मत नभएको भन्दै पुनरावलोकन गरी निलम्वन फुकुवा गर्न माग गर्दै निवेदन बुझाएको सांसद सोविता गौतमले जानकारी दिइन् ।

उनले फौजदारी कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्र संसद पद निलम्वित हुने जिकिर गरिन् । राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले निलम्वन गर्ने प्रक्रिया उचित नहुने उनको तर्क छ ।

उनले भने, ‘सभामुखबाट हाम्रा संसदीय दलका नेताहरुलाई निलम्वन गर्ने जुन कार्यमा सभापति आफैं उपस्थित भएर निलम्बनको प्रक्रिया गलत भयो । हाम्रो संसदको अभिभावक भनेको सभामुखज्यू नै हुनुहुन्छ । यथर्स राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले निलम्बन गर्ने प्रक्रिया उचित हुदैन । संसद निलम्बनको प्रक्रिया संसदको नियमावलीमा स्पष्टसँग राखिएको छ । संसदको नियमावलीले अदालतले पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै निलम्वन गर्ने व्यवस्था भएको तर माननीय रवि लामिछानेको हकमा अदालतले धरौटीमा छोडेको अवस्था छ । त्यसको निलम्बनको पुनरावलोकन गरेर त्यसको निर्णय फिर्ता लिनको लागि भएकाले उहाँलाई आजकै मितिमा संसदमा राख्नको लागि निवेदन दिनुभएको छ । उहाँ आजको दिनमा पनि नेपालको बहालवाला सांसद नै हुनुहुन्छ, सांसदको रुपमा कामकारबाही नगर्नु है भन्नेकुरा मात्रै हो ।’

सभापतिमाथि लागेको आरोपको अदालतले खण्डन गर्ने उल्लेख गर्दै उनले आवश्यक परेको खण्डमा संसदमा समेत कुरा उठाउने सांसद गौतमले बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x