बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गरेका छन् । शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो टिप्पणी गरेका हुन् ।

उनले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गरे । उनले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताए । संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताए ।

उनले भने, ‘नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकारमात्रै होइन । आज विपक्षी बेन्चमा बसिरहनुभएका दलको नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा २०७९ पछि तीन पटक अध्यादेश ल्याउनु भयो । झन्डै १४ कानूनहरु संशोधन गर्नुभयो । ति मिटरब्याजको सम्बन्धमा पनि थिए । लगानी सम्मेलनको पूर्वसन्धयामा अध्यादेश आएको थियो । यो त नियमित प्रक्रिया हो नि त । त्यसैले अध्यादेशको प्रक्रियामा कसैले विमति जनाउनुपर्ने जस्तो लाग्दैन । कन्टेन्टमा केही विमति भए छलफल गरौंला । प्रतिस्थापन विधेयकमा संशोधन प्रश्ताव राख्नुस् त्यसमा हामी छलफल गर्न तयार छौं । २०७८ सालमा जम्मा १६ वटा अध्यादेश आएको रहेछ । त्यसबेला अध्यादेशबाट पार्टी फुटाइएको थियो । गजब कुरा त के छ भने जुन पार्टी अध्यादेशबाट बनाइएको थियो । त्यही पार्टी आज अध्यादेश गलत भन्दै छ । अध्यादेशबाट जन्मिएको छ । अध्यादेश ठिक छैन भनिरहेको पनि छ । यो के हुन लागेको हो अचम्म नै भइरहेको छ ।’

उनले अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x