अध्यादेशको सही कार्यान्वयन हुनसके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताएका छन् । शनिवार वागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले बाध्यतावह विदेशिनुपरेको यथार्थलाई हटानउ स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताए । उनले अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको सही कार्यान्वयन जरुरी रहेको बताए ।
उनले भने, ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ । सधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन । त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ । त्यसो हुनसके मात्रै बाहिर विवश भएर जानेकुरा रोकिन्छ । हालै नेपाल सरकारले अध्यादेशमार्फत कानूनहरु ल्याएको छ । त्यो निजी क्षेत्रले स्वागत गरेको छ । कतिपय चिजहरु हाम्रा पुराना कानूहरु, भइरहेका कानूनहरु निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन् । कतिपय पुराना कानूनहरु आफैँमा राम्रा पनि छन् । तर त्यसको सही किसिमले इम्प्लिमेण्ट हुनसकेको छैन । अध्यादेशमार्फत परिवर्तन भएका कानूनहरुको स्प्रिडअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुनसके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महशुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ ।’
अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्नसकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरु अघि बढेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE