बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

परिषद्को पार्षद् उम्मेदवार परिचय कार्यक्रम आज

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन, बागमती प्रदेश समितिले आज नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनका लागि बागमती प्रदेशको पार्षद उम्मेदवार परिचय कार्यक्रमको आयोजना गरेको छ । एशोसिएशनको निर्वाचन प्रचारप्रसार समितिले आज दिउँसो ३ः३० बजे काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

परिषद्को निर्वाचन यही माघ २६ गते हुन लागेको छ । उक्त निर्वाचनमा एशोसिएशनको तर्फबाट बरिष्ठ अधिवक्ता पर्शुराम कोइराला बागमती प्रदेशको पार्षद् पदका उम्मेदवार रहेका छन् । बरिष्ठ अधिवक्ता कोइरालालाई विजयी गराउन एशोसिएशनले घोषणापत्र नै जारी गरी प्रचासप्रसारलाई तीब्रता दिएको छ ।

घोषणापत्रमा आफ्ना उम्मेदवारहरु निर्वाचित भएमा परिषद्लाई अझ बढी सशक्त र गतिशिल बनाउँने प्रतिवद्धतासहितका बुँदाहरु अघि सारिएको छ ।

उक्त घोषणापत्रमा कानून व्यवसायको उत्तरोत्तर प्रगति र पेशाको विकासका निमित्त गरिने कार्य, कानूनी शिक्षाको परिमार्जनका निमित्त गरिने कार्य, नव प्रवेशी कानून व्यवसायीको निमित्त गरिने कार्य, महिला कानून व्यवसायीहरुलाई कानून व्यवसाय गर्न सक्ने वातावरणको लागि गनिे कार्यहरुको स्पष्ट प्रतिवद्धता जनाइएको छ ।

त्यसैगरी, लामो समयदेखि कानून व्यवसाय गरी आएका अनुभवी कानून व्यवसायीको निमित्त गरिने कार्य, व्यवसायिक आचरण मर्यादाको परिपालनका निमित्त गरिने कार्य तथा कानून व्यवसायीका चौतर्फी विकासका निमित्त गरिने कार्यहरुको प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x