पाथीभरामा केवलकार निर्माणको विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणको क्रममा भइरहेको विवाद समाधान गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृहमन्त्री रमेश लेखकले वार्ता टोली गठन गरेका छन् ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको उल्लेख छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE