डीएलएद्वारा कानून व्यवसायी परिषद्को पार्षद पदको उम्मेदवारमा कोइराला रहेको घोषणा

काठमाडौं । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए)ले माघ २६ गते हुन लागिरहेको कानून व्यवसायी परिषद्को बागमती प्रदेशका पार्षद् पदमा आफ्ना उम्मेदवार वरिष्ठ अधिवक्ता पर्शुराम कोइराला रहेको आधिकारिक घोषणा गरेको छ । आइतबार काठमाडौंमा ‘पार्षद् उम्मेदवार परिचय कार्यक्रम’को आयोजना गरी उक्त कुराको जानकारी दिइएको हो ।
कार्यक्रममा कानूनसँग सम्बन्धित प्रायजसो संघसंस्थाका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो । उनीहरुले वरिष्ठ अधिवक्ता कोइरालालाई विजयी बन्न अग्रिम शुभकामना दिँदै उनी परिषद्को बागमती प्रदेश पार्षद बन्नेमा ढुक्क रहेको प्रतिक्रियासमेत दिएका थिए ।
परिषद्को पार्षद् पदको लागि माघ २६ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ । बागमती प्रदेशका लागि हेटौंडा उच्च बार, सर्वोच्च अदालत परिसर र चितवन जिल्ला बारलाई मतदान केन्द्र तोकिएको छ भने सर्वोच्च अदालत, उच्च पाटन, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रोपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुली, विशेष र परिषद्लाई मतदानका लागि बार इकाईहरु तोकिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE