बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकी डलर लगातार बढ्दै,आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौंं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रुपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो।

युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रुपियाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपियाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ४५ पैसा र बिक्रीदर ८६ रुपियाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपियाँ ७२ पैसा र बिक्रीदर ९५ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रुपियाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ १८ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ र बिक्रीदर नौ रुपियाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपियाँ १८ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपियाँ नौ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपियाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ११ पैसा र बिक्रीदरट ३१ रुपियाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३९ पैसा र बिक्रीदर १२ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ १० पैसा र बिक्री दर १९ रुपियाँ १८ पैसा तोकिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x