आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्यमा आज भारी वृद्धि भएको हो ।
सोमबार प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ हजार ९०० रुपैयाँले वृद्धि भइ प्रतितोला १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस आधारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE