राजनीतिक दलहरु गम्भिर नहुँदा संसदले कानून निर्माण गर्न सकेनः सन्तोष परियार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भिर नहुँदा संसदले कानून निर्माण गर्न नसकेको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद समेत रहेका प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् ।
राजनीतिक पार्टीहरुले कानून निर्माणको विषयलाई गम्भिरताका साथ लिए संसदले कानून निर्माण ढिलाई नगर्ने उनको विश्वास छ । उनले सांसदहरु कै कारण कानून निर्माण सुस्त भएको बताए । उनले संसद राजनीतिक दलहरुका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु यसमा गम्भिर हुन जरुरी रहेको बताए ।
प्रमुख सचेतक परियारले भने, ‘संसदले कानून बनाउन सकेन भन्ने जुन कुरा छ । कानून निर्माण गर्न कसको कारणले सकेन भन्ने कुरा महत्वपूर्ण हो । संसद निरपेक्ष छैन । संसद आफैंमा केही पनि होइन । संसदमा राजनीतिक पार्टीहरु छन् । राजनीतिक पार्टीहरुले जुन दिन कानून निर्माणलाई गम्भिरताका साथ लिन्छन् त्यही दिनदेखि संसदले कानून बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो । हामी र हाम्रै कारणले कानून निर्माण भइरहेको छैन संसदमा । विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन ? संघीय निजामती विधेयक किन बन्न सकेको छैन । यो सबै राजनीतिक पार्टीका कारणले कानून निर्माण हुन सकेको छैन । त्यो खण्डित छ भनेपनि राजनीति पार्टीकै कारणले खण्डित छ । त्यहाँ विमति छ भने पनि राजनीतिक पार्टीकै कारणले बिमति छ । यी कुराहरुमा राजनीतिक पार्टीहरुले मिलायो भने संसदबाट कानून निर्माणमा ढिलाई हुन्छ भन्ने मलाई लाग्दैन ।’
विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको उनको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE