बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सिन्धुलीमा गाडी दुर्घटनाहुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाण्डौं । झापाबाट काठमाण्डौ आउदै गरेको निजी ईभि गाडी सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । बा १–०३० च ९६४२ नम्बरको विद्युतिय गाडी बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान करिव ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ ।

इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी र २८ वर्षीय सञ्जय रोक्का तथा झापाको बाह्रगढी गाउँपालिका–१ का २७ वर्षीय किस्कु मण्डल सामान्य घाइते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x